कनकाई अनलाइन
झापा,बैशाख १।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-३ निवासी सन्तोष नेपाल (ठोमनाथ) ले २९ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।नेपालले एक विशेष कार्यक्रमको आयोजना गरि उक्त सहयोग रकम गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभएको हो।
नेपाल स्थानिय व्यावसायि का साथै नेपाली कांग्रेस झापा क्षेत्र नं-४ का क्षेत्रीय सचिव तथा विभिन्न संघ संस्थामा समेत आवद्द रहनु भएको छ।नेपालले सहयोग रकम हस्तान्तरण गरेको तस्बिर खिच्न मान्नुभएन।किन भन्ने प्रश्नमा यो सहयोग रकम मैले विपन्न परिवारका लागि दिएको र सहयोगका बदलामा प्रचार नचाहेको बताउँनु भयो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।