Kanakai Online

झापा राहत कोषमा नेत्रप्रसाद सिटौलाको १५ हजार सहयोग।


सोमवार, वैशाख १, २०७७ |

कनकाई अनलाइन

झापा,चैत ३०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-७ निवासी नेत्रप्रसाद सिटौलाले १५ हजार सहयोग गर्नुभएको छ।सिटौलाले उक्त सहयोग रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भएको हो।

सिटौला दिप ज्योती युवा क्लबका उपाध्यक्ष तथा विभिन्न संघ संस्थामा समेत आवद्द हुनुहुन्छ।यस विपदको घडीमा विपन्न गाउँबासीहरुलाई केही सहायता होस भनी आफुले यस्तो सहायता गरेको सिटौलाले कनकाई अनलाइनलाई बताउँनु भयो।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर