Kanakai Online

एल.पी साँबाद्वारा झापा गाउँपालीकाको राहत कोषमा २५ हजार।


आइतवार, चैत ३०, २०७६ |

कनकाई अनलाइन

झापा,चैत ३०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा एल.पी साँबा लिम्बुले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

उक्त सहयोग रकमको चेक एक विशेष कार्यक्रमका बिच साँबाका स्वकीय सचिव विशाल खनालले झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भएको हो।साँबाले यो विपदको घडीमा झापाका विभिन्न गाउँ/नगरपालीकालाई यसरीनै सहयोग रकम प्रदान गरेको स्वकीय सचिव खनालले कनकाई अनलाइनलाई बताउनु भयो।

एल.पी साँबा लिम्बू क्षेत्र नं-४ का नेकपा सांसद समेत रहनु भएको छ।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर