Kanakai Online

ओलीद्धारा जन्मदिन मनाउने रकम कनकाई विपत कोषमा


शनिवार, चैत २९, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गा निवासी तेज ओलीले आफ्नो जन्मदिन मनाउने रकम कोरोना विपत कोषमा २५ हजार ५ सय रुपैँया प्रदान गर्नुभएको छ ।
कनकाई नगरपालिका २ र ३ घरभई हाल अष्ट्रेलियामा रहनुभएका ओलीले आफुले दिएको रकमबाट नगरपालिकाले गरिब र कमजोर आर्थिक अवस्थाका कनकाईवाशीलाई खाद्यान्न र औषधि उपचारका लागि थोरैभएपनि सहयोग होस भनेर जन्मदिनको अवशर पारि प्रदान गरेको बताउँनुभएको छ । यसैविच ओलीका दाजु ख्याम ओलीले समेत २५ हजार ५ सय रुपैँया कनकाई नगरपालिकाको विपत व्यावस्थापन कोषमा सहयोग गर्नुभएको छ । ओली कनकाई सामुदायिक वन समुहका अध्यक्ष समेत रहनुभएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर