Kanakai Online

नेपाल शिक्षक महासंघ झापा गाउँपालीकाद्वारा झापा गाउँपालीकाको राहत कोषमा १,६३,८६६।


शुक्रवार, चैत २८, २०७६ |

कनकाई अनलाइन

झापा,चैत २८।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा नेपाल शिक्षक महासंघ झापा गाउँपालीकाले १ लाख ६३ हजार ८ सय ६६ रुपैयाँ रकम सहयोग गरेको छ।झापा गाउँपालीकामा रहेका २१ वटा समुदायिक विद्यालयका सबै शिक्षक,शिक्षीका,बालशिक्षक शिक्षिका,कर्मचारीको एक दिनको तलब कटाएर उक्त सहयोग रकम महासंघद्वारा प्रदान गरिएको हो।

एक बिशेष कार्यक्रमको आयोजना गरि नेपाल शिक्षक महासंघ झापा गाउँपालीकाका अध्यक्ष जगरनाथ राजबंशीले झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभयो।हस्तान्तरण कार्यक्रममा टाघनडुब्बा स्रोत केन्द्रका संयोजक विरेन्द्रप्रसाद गुप्ता,विद्यालय कर्मचारी झापा गापाका अध्यक्ष आनन्द मण्डल,बाल विकास झापा गापाकी अध्यक्ष प्रतिमा राई,महासंघ झापा गापाका सचिव समसाद आलम,नेपाल शिक्षक संघ झापा गापाका सचिव उमाराम रिजाल साथै सम्पुर्ण सामुदायिक विद्यालयका प्र.अ लगायतको उपस्थिती रहेको थियो।

शिक्षकहरुले यो राहत रकमलाई अति विपन्न परिवारलाई राहत वितरण कार्यमा लगानी गर्न अनुरोध गरेका थिए।गाउँपालीका अध्यक्ष शाहले महासंघ झापा गापा तथा राहत रकम सहयोग गर्ने सम्पुर्ण कर्मचारीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो।

झापा गाउँपालीकामा रहेका २१ वटा सामुदायिक विद्यालयले निम्नानुसार सहयोग रकम संकलन गरेका थिए-

१.श्री डिल्लीराज मावि-२४५६० रुपैयाँ
२.श्री जनता उच्च मावि-२५४४०
३.श्री जनकल्याण मावि-१६१९०/५८
४.श्री कुवाडीदेवी मावि-१०६७०
५.श्री भृकुटी आधारभुत विद्यालय-११५०६
६.श्री महेन्द्र आधारभुत विद्यालय-८६९३
७.श्री सिमवाडी आधारभुत विद्यालय-८६४५
८.श्री त्रिभुवन आधारभुत विद्यालय-९०५०
९.श्री लक्ष्मी प्रावि -३०६४
१०.सरस्वती आधारभुत विद्यालय-३०६४
११.रामजानकी आधारभुत विद्यालय-४८३८
१२.अमरसिंह प्रावि-४२०५
१३.सालमारा प्रावि-४३००
१४.सितुमारी प्रावि-२३७७
१५.जुडो प्रावि-१२९०
१६.जगदम्बा प्रावि-५८६०
१७.भानुभक्त प्रावि-४८९१
१८.स्वस्थानी प्रावि-४८९१
१९.नमुना प्रावि-३०६४
२०.आदर्श जनता प्रावि-४२०४
२१.चप्रमारी प्रावि-३०६४

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर