कनकाई अनलाइन
झापा,चैत २८।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-३ निवासी सागिरथ प्रसाद गणेशले ५१ हजार सहयोग गर्नुभएको छ।गणेशले उक्त सहयोग रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भएको हो।
कामाटोलीका स्थानीय व्यापारी गणेश नेपाली कांग्रेसका क्षेत्र नम्बर-४ का क्षेत्र सदस्य समेत हुनुहुन्छ।विश्वभर फैलिदै आएको कोरोना भाइरस(कोभिड-१९) लाई न्युनीकरण गर्ने उदेश्यले सरकारले तोकेको लकडाउनको सिमा भित्र रही लकडाउन कार्यान्वयन गर्ने सन्दर्भमा अती विपन्न ज्याला मजदुरी गर्ने श्रमिकहरुका लागि यो विपदको घडीमा केही सहायता होसभनी आफुले यस्तो सहायत गरेको गणेशले कनकाई अनलाइनलाई बताउँनु भयो।
झापा गाउँपालीकाको राहत कोषमा जम्मा भएको यो सहयोग रकम ब्याक्तीगत तर्फबाट अहिले सम्मकै ठूलो सहयोग रकम हो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।