Kanakai Online

मनोज खत्री र नुजुल सेकद्वारा झापा गाउँपालिकाको राहत कोषमा १५ कुइन्टेल चामल।


शुक्रवार, चैत २८, २०७६ |

कनकाई अनलाइन

झापा,चैत २८।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा मनोज खत्री र नुजुल सेकद्वएले १५ कुइन्टेल चामल सहयोग गरेका छन।

झापा बजार व्यबस्थापन समितिका उपाध्यक्ष समेत रहेका खत्री NMC साकोस झापा बजार साखाको संचालक समितीका अध्यक्ष पनि हुन।विश्वभर फैलिदै आएको कोरोना भाइरस(कोभिड-१९) लाई न्युनीकरण गर्ने उदेश्यले सरकारले तोकेको लकडाउनको सिमा भित्र रही लकडाउन कार्यान्वयन गर्ने सन्दर्भमा अती विपन्न ज्याला मजदुरी गर्ने श्रमिकहरुका लागि यो विपदको घडीमा केही सहायता होसभनी आफुहरुले यस्तो सहायत गरेको सेकले बताए।

नुजुल सेक झापा गाउँपालीका-४ (बेलायतीबारी) का हुन भने मनोज खत्री झापा गाउँपालीका-२(झापा बजार) का हुन।उनीहरुले ६६ हजार पाँच सय मूल्य बराबरको १५०० केजी प्रदान गरेका थिए।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर