Kanakai Online

जिल्ला बाहीरका मण्डलद्वारा झापा गाउँपालीकाको राहत कोषमा १० हजार सहयोग।


बिहिवार, चैत २७, २०७६ |

झापा,चैत २७।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा जनकपुर निवासी दिपेन्द्र कुमार मण्डलले १० हजार रुपैँया सहयोग गर्नुभएको छ।

जनकपुर निवासी मण्डल हाल ललितपुरमा रहेको स्लाब कन्सल्टेन्ट प्राइभेट लिमीटेडका म्यानेजिङ डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर