कनकाई अनलाईन
विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको बेला यसको रोकथामका लागि कनकाई नगरपालिकाले नगरभर स्पे गर्न सुरु गरेको छ ।
आजबाट सुरु भएको स्पे कनकाई नगरपालिकाभर घना वस्ती भएको स्थानमा गरिने कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । किटनाशक स्पे नगरप्रमुख पोखरेलले आफै स्पे सुरु गरेर उद्घाटन गर्नुभएको हो । प्राविधिक सहितको टोलीले अवका केहिदिनसम्म सडकमा स्पे गर्ने छन । स्पे बाट विभिन्न किताणु मर्ने विश्वास लिइएको छ ।