झापा,चैत २६।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा भानुभक्त कृषी सहकारी संस्थाले ६५ हजार रुपैँया सहयोग गरेको छ।झापा गाउँपालीका-३ कार्यालय रहेको संस्थाले उक्त रकम प्रदान गरेको हो।
संस्थाका अध्यक्ष गोपाल खत्री र व्यवस्थापक हरीप्रसाद दुलाल लगायत संस्थाका सम्पुर्ण टिमले उक्त सहयोग रकम झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।रकम सानो भएपनी यो विपत्तीमा हामी पनि छौ है भन्ने अनुभूति दिलाउन संस्थाले यो सहयोग गरेको संस्थाका अध्यक्ष खत्रीले बताउँनु भयो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।