झापा,चैत २५।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका स्तरिय साना किसान कृषि सहकारी संस्था लिमिटेडले ६१ हजार सहयोग गरेको छ।उक्त सहयोग रकममा संस्थाको टाघनडुब्बा साखाका ४ जना कर्मचारीका तर्फबाट ११ हजार रुपैयाँ र कुमरखोद साखाका २ जना कर्मचारीबाट ६ हजार रुपैयाँ तथा संस्थाका तर्फबाट ४४ हजार रुपैयाँ गरेर कुल ६१ हजार भएको हो।
एक बिशेष कार्यक्रमका बिच उक्त रकम संस्थाका टाघनडुब्बा साखाका अध्यक्ष केशब कटुवालले झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।विश्वभर फैलिदै आएको कोरोना भाइरस(कोभिड-१९) लाई न्युनीकरण गर्ने उदेश्यले सरकारले तोकेको लकडाउनको सिमा भित्र रही लकडाउन कार्यान्वयन गर्ने सन्दर्भमा अती विपन्न ज्याला मजदुरी गर्ने श्रमिकहरुका लागि यो विपदको घडीमा केही सहायता होसभनी संस्थाले यो रकम हस्तान्तरण गरेको टाघनडुब्बा साखाका अध्यक्ष केशब कटुवालले बताउनु भयो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।