Kanakai Online

तारा सुब्बाद्वारा झापा गाउँपालीकाको राहत कोषमा १० हजार सहयोग।


मङ्गलवार, चैत २५, २०७६ |

झापा,चैत २५।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-६ निवासी तारा सुब्बाले १० हजार रुपैँया सहयोग गर्नुभएको छ।

माहिला संजाल झापा गाउँपालीकाकी सचिब तथा कनकाई उद्योग वाणिज्य संघकि कार्य समिती सदस्य समेत रहेकी समाजसेवी सुब्बाले विपदको यो घडीमा विपन्न परिवारलाई केही सहायता होस भनी आफ्नो स्वच्छाले उक्त रकम प्रदान गरेको बताउँनु भयो।

सुब्बाले उक्त सहयोग रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको थियो।हस्तान्तरण कार्यक्रममा झापा गाउँपालीका-६ का वडाध्यक्ष हरिबहादुर बानियाँ, नेपाल रेडक्रसका शरणामती उपसाखाका सभापती केशब बजगाईं,सामुदायिक वन उपभोक्ता महासंघ झापा गापाका अध्यक्ष तुलसीराम प्याकुरेल,शरणामती स्वास्थ्य चौकीकी सिनियर अनमी अन्जु थपलिया लगायतको उपस्थिती रहेको थियो।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर