Kanakai Online

झापा गाउँपालीकाले हाल सम्ममा २,७१७ घरपरिवारलाई गर्यो राहत वितरण।


आइतवार, चैत २३, २०७६ |

केशब चापागाईं
कनकाई अनलाइन

झापा,चैत २२।झापा गाउँपालीकाले आफ्ना विपन्न गाउँबासीलाई धमाधम राहत वितरण कार्य जारी राखेको छ।गत सुक्रबार देखी सुरु गरिएको राहत वितरण कार्यलाई आज पनि निरन्तरता दिइएको हो।

आफ्ना गाउँपालीकामा रहेका ३००० विपन्न  घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको गाउँपालीकाले आज सम्ममा त्यस्ता २,७१७ विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ।वडा नम्बर-१ मा ४६५ घर,वडा नम्बर-२ मा ३२७  घर,वडा नम्बर-३ मा ३४८ घर,वडा नम्बर-४ मा ७८५ घर,वडा नम्बर-५ मा २५६ घर,वडा नम्बर ६ मा ३२० घर र वडा नम्बर-७ मा २१६ घर गरेर आज कुल २,७१७ घरपरिवारलाई राहत वितरण गरिएको झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहले बताउँनु भयो।शाहले बाँकी रहेका विपन्न परिवारमा पनि चाडै राहत सामग्री आइपुग्ने भन्दै सम्पुर्णलाई धैर्यधारण गर्न अनुरोध समेत गर्नुभयो।

आजको राहत वितरण कार्यमा संबन्धित वडाका जनप्रतिनिधी,विभिन्न संघ-संस्थाका प्रतिनिधि,नेपाल रेडक्रस सोसाईटी शरणामती उपसाखाको टोली,नेपाल रेडक्रस सोसाईटी कुमरखोद उपसाखाको टोली,सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो।

पहिलो चरणमा प्रत्येक वडामा मास्क वितरण गरेको झापा गाउँपालीकाले दोस्रो चरणमा १० केजी चामल,१ केजी नुन,१ केजी दाल र एक थान साबुनको प्याकेज बनाएर आफ्ना विपन्न गाउँबासीलाई राहत वितरण गरिरहेको छ।

सम्बन्धित खबर