केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत २३।लुथरन वर्ल्ड फेडेरेसन नेपालको(LWF) आर्थिक सहयोगमा न्याय तथा विकासका लागी सामाजिक सञ्जाल (SNJD) ले झापा गाउँपालीकामा रहेका अस्थायी क्वारेन्टाइनमा जिन्सी सहयोग गरेको छ।संस्थाले अस्थायी क्वारेन्टाइन बसेका मानीसहरुलाई चाहिने अत्याब्यश्यक दैनिक प्रयोगका सामग्री प्रदान गरेको हो।
संस्थाले तन्ना,गम्छा,खाट,झुल,कम्बल,थाल,गिलास,सिरानी,सिरानीको खोल,चप्पल र डस्बिन सबै २०/२० थान र हातधुने साबुन १४ कार्टुन गरेर कुल २ लाख १२ हजार ७८० रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ।SNJD का अध्यक्ष सोमनाथ भट्टराईले उक्त सामग्री झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भएको थियो।
आफुले लुथरन वर्ल्ड फेडेरेसन संग पहल गरेर झापा गाउँपालीकालाई यो विपदको घडीमा उक्त सहयोग गरेको SNJD का अध्यक्ष भट्टराईले बताउँनु भयो।