Kanakai Online

राहतको प्याकेज बोकेर गाउँबासीको घर-घरमै पुगे अध्यक्ष शाह।


शुक्रवार, चैत २१, २०७६ |

केशब चापागाईं
कनकाई अनलाईन

राहत वितरण गर्दै अध्यक्ष जयनारायण शाह

झापा,चैत २१।झापा गाउँपालीकाले आजबाट आफ्ना विपन्न गाउँबासीहरुलाई राहत वितरण गर्न सुरु गरेको छ।वडा नम्बर ६ बाट राहत वितरण कार्य सुरु गरिएको हो।

राहत सामग्री

आज वडा नम्बर ६ मा रहेका दुई टोल ७/८ का ६८ विपन्न परिवारलाई राहत वितरण गरिएको थियो।झापा गाउँपालीका अध्यक्ष जयनारायण शाह,वडा नम्बर ६ का वडाध्यक्ष हरिबहादुर बनियाँ,नेपाल रेडक्रस सोसाइटी शरणामती उपसाखाका सभापती केशब बजगाईं सहितको नेरेसो शरणामतीको टोली,नेपाली कांग्रेसका झापा गापा-६ का सभापती मोहन मिश्र, विभिन्न संघ संस्थाका प्रतिनिधि,सुरक्षाकर्मी साथै पत्रकार लगायतको टोलीले त्यस्ता विपन्न परिवारको घर-घरमै गएर राहत वितरण गरेका थिए।

राहत वितरण गर्दै झापा गापा-६ का वडाध्यक्ष हरिबहादुर बानियाँ

राहतको प्याकेज बोकेर विपन्न परिवारका घर-घरमा पुगेका अध्यक्ष शाहले आफ्ना गाउँपालीकाका गाउँबासीहरुलाई जस्तो सुकै अबस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कोरोना भाइरस(कोभिड-१९) को संक्रमण फैलन नदिन मुलुक लकडाउन भएको यस परिपेक्षमा आफ्ना गाउँबासी भोकले मर्नु हुदैन भनेर यो राहत प्याकेज वितरण गरेको शाहले बताउनु भयो।राहत वितरण आज देखि सुरु गरिएको र बिस्तारै सबै वडामा सम्पन्न गर्ने लक्ष्य लिएको भन्दै अध्यक्ष शाहले आफ्ना गाउँपालीकाबासी हरुलाई धैर्यधारण गर्न समेत अनुरोध गर्नुभयो।

राहत पाएपछी खुसी हुँदै गाउँबासी

पहिलो चरणमा प्रत्येक वडामा मास्क वितरण गरेको झापा गाउँपालीकाले दोस्रो चरणमा १० केजी चामल,१ केजी नुन,१ केजी दाल र एक थान साबुनको प्याकेज बनाएर राहत वितरण सुरु गरेको छ।झापा गाउँपालीकाले आफ्ना गाउँपालीकामा रहेका ३००० विपन्न परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको छ।

राहत ग्रहण गर्न आएकी एक किशोरी हात सफा गर्दै
राहत सामग्री तयार पारिदै
सम्बन्धित खबर