झापा,चैत २१।सतासीधाम जसीजको संयोजनमा जेसीज, लायन्स क्लब अफ शिवसताक्षी र गोपाल गौरी विकास प्रतिष्ठानद्रारा शिवसताक्षी नगरको ११ वडाका १५५ घरपरिवारलाई राहत खाद्य सामाग्री वितरण गरेको छ ।
चीनको बुहान शहरबाट शुरुवात हुदैं विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) प्रकोप संक्रमण रोकथामका लागि देशव्यापी रुपमा लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी मात्रका भरमा परिवार पाल्ने घरपरिवारलाइ दैनिक उपभोग्य वस्तुको अभावले भोकै बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै तीन संस्थाले संस्थागत सहकार्य गर्दै १७ गते सोमबार शिवसताक्षी नगरपालिका वडा नं. १, ४, ५, ६ र ७ मा र १८ गते मंगलबार शिवसताक्षी नगरपालिका वडा नं. २, ३, ८, ९, १० तथा ११ मा ५ परिवारसम्मकालाई १५ केजी र ५ माथिका परिवारलाई २५ केजी चामल गरी २८६० केजी चामल, प्रतिपरिवार १÷१ केजी दाल तथा नुन गरी क्रमशः १५५ केजी दाल, १५५ केजी नुन र १५५ लिटर खानेतेल र ५ सय मास्क गरी कुल २ लाख बराबरको राहत खाद्य सामाग्री वितरण गरेको सतासीधाम जेसीज अध्यक्ष कुमार सिंह साँबा(लिम्बु)ले बताए ।
नेपाल सरकार, प्रदेश सरकार र नगरपालिकाको एकद्धार राहत वितरण प्रणाली बमोजिम नगर राहत वितरण सहयोग समितिको राहत वितरण निति बमोजिम प्रत्येक वडा स्तरीय राहत वितरण सहयोग समितिद्रारा पहिचान गरिएका व्यक्तिहरुलाई वडाको केन्द्र र घर–घरमा गई राहत वितरण गरिएको राहत वितरणमा शिवसताक्षी नगरपालिका वडा नं. १ का अध्यक्ष सुबास राई, २ का वडा अध्यक्ष कुल बहादुर बस्नेत, ३ का वडा अध्यक्ष पुन्य प्रसाद सापकोटा, ४ का वडा अध्यक्ष अधिकचन ताजपुरिया, ५ का सत्यनारायण राजवंशी, ६ का मनोज खुलाल कार्की, ७ का वडा अध्यक्ष नविन इजम, ८ का केहर सिंह बस्नेत, ९ का छविलाल पाठक, १० का कर्ण बहादुर थापा र ११ का वडा अध्यक्ष भैरव कुमार श्रेष्ठ लगायत वडा तथा नगरसभा सदस्यहरुको गीता खरेल, मदिरा पाठक, निर्मला न्यौपाने, भाष्कर सिटौला, बद्रीनाथ खनाल, प्रेमलाल भुजेल, खड्ग प्रसाद पौडेल, मन बहादुर लिङखिम, मन बहादुर श्रेष्ठ, नारायण प्रसाद रिजाल, नन्द प्रसाद सुबेदी, चन्द्र प्रसाद संग्रौला, दिल माया बस्नेत, दुर्गा बुढाथोकी, पवित्रा विश्वकर्मा, मञ्जु दर्जी, कमला रसाइली र रिना दर्नाल लगायतको उपस्थिति रहेको थियो ।
त्यसै गरी वितरणमा लायन्स क्लब अफ शिवसताक्षीका अध्यक्ष सन्तोष थोप्रा, गोपाल गौरी दिगो विकास प्रतिष्ठानका केन्द्रिय इन्दिरा गौतम, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय गैरसरकारी÷अन्तराष्ट्रिय गैरसरकारी संयोेजक जेसी महेन्द्र भट्टराई, लायन्स क्लव अफ शिवसताक्षीको संस्थापक अध्यक्ष यामनाथ काफ्ले, नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति नारायण प्रसाद दाहाल, लायन्स क्लब अफ शिवसताक्षीका प्रथम उपाध्यक्ष अग्नि प्रसाद दुलाल, मेनेजर्स क्लव शिवसताक्षीका अध्यक्ष विनोद ढकाल, गणेशमान सिंह स्मृति प्रतिष्ठानका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर विश्वकर्मा, इस्टु झापा पूर्व अध्यक्ष एन.पी. लामिछाने, शिवसताक्षी न. पा. का वडा ११ का वडा सचिव नन्दीकेशर भट्टराई, ७ का वडा सचिव धनराज इम्बुङ्ग, ८ का वडा सचिव पुष्पलाल पाण्डे, ४ का वडा सचिव कमला भेटुवाल, माईधार व्यवस्थापन समितिका अध्यक्ष कुमार गिरी, मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भिम नेम्बाङ्ग, पाराबारी बजार व्यवस्थापनका अध्यक्ष गुम बहादुर कार्की, समाजसेवी उमानाथ पराजुली, यूवा समाजसेवी सञ्जय राई, नेत्र नेम्बाङ्ग, सतासीधाम जेसीज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष जेसी सिकिन पासवन, महासचिव विवेक ढकाल, कोषाध्यक्ष जेसी निर्मला प्रधान श्रेष्ठ, उपाध्यक्ष जेसी भिम बहादुर बोहोरा तथा विश्वविक्रम दाहाल, अवार्ड मूल्याङ्कन संयोजक जेसी लोकेश खनाल, उद्यमशील विकास कार्यक्रम संयोजक जेसी रोहिता भट्टराई, पर्यटन प्रवद्र्धन संयोजक जेसी पुष्प पौडेल, सामाजिक कार्यक्रम संयोजक जेसी घनश्याम भट्टराई, अतिरिक्त क्रियाकलाप संयोजक जेसी प्रकाश ढकाल, स्वास्थ्य कार्यक्रम संयोजक जेसी सुष्मा श्रेष्ठ, लायन्स क्लब सदस्य मोहन तामाङ्ग, लियो क्लब अफ शिवसताक्षी अध्यक्ष रविन घिमिरे, उपाध्यक्ष सागर आचार्य र सुर्योदय टेलिभिजनका शिवसताक्षी सम्वादाता जिवन सिंह राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सो राहत वितरणको अनुगमन, झापा जिल्ला समन्वय समिति सदस्य जुनु मोहरा, शिवसताक्षी नगरपालिकाका निमित्त प्रशाकिय अधिकृत सुरेन्द्र दाहाल, लेखा अधिकृत भिम बहादुर खवास, शाखा अधिकृत डिल्लीराम नेपाल, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कोमल ठाकुर, इलाका प्रहरी कार्यालय शिवगञ्जका गोपीकृष्ण पोख्रेल र प्रहरी चौकी मंगलबारका प्रमुख पूर्ण बहादुर राउत र अस्थायी ट्राफिक प्रहरी कार्यालय, झिलझलेका प्रमुख गणेश श्रेष्ठले गरेका थिए ।