Kanakai Online

झापा गाउँपालीकाको विपद कोषमा कर्णाली बचत तथा ऋण सहकारी संस्थाको ५० हजार सहयोग।


बिहिवार, चैत २०, २०७६ |

केशब चापागाईं
कनकाई अनलाइन

झापा,चैत २०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमीटेडले ५० हजार रुपैँया सहयोग गरेको छ ।बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णालीले यो विपदको घडीमा झापा गाउँपालीकाका नागरिकका लागि यो रकम सहयोग गरेको हो।

उक्त सहयोग रकम सहकारीको झापा गापा-३ कामाटोली बजारमा रहेको साखाबाट प्रदान गरिएको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका झापा गाउँपालीकाका बोर्ड सदस्य रुद्र बजगाईंले कनकाई अनलाइनलाई बताउनु भयो।

झापाका विभिन्न क्षेत्रमा साखा रहेको कर्णालीले यस्ता विपदको घडीमा झापाबासीहरुलाई हमेसा सहयोग गर्ने गरेको छ।

गत आईतबार झापा गाउँपालीकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा २५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको थियो ।सो कोषमा सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

झापा गाउँपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन गर्ने भएको छ।

गाउँपालिकाले झापा गाउँपालिका भित्र डिल्लीराज मावी र जनता उच्च मावी गरेर दुई स्थानमा क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचारको समेत प्रबन्ध गरेको छ ।

सम्बन्धित खबर