Kanakai Online

झापा गाउँपालीकाले गर्यो यस्तो निर्णय।


बुधवार, चैत १९, २०७६ |

केशब चापागाईं
कनकाई अनलाइन

झापा,चैत १९।झापा गाउँपालीकाद्वारा आयोजित विपद व्यबस्थापन समितीको बैठक आज सम्पन्न भएको छ।

विपद व्यबस्थापन समितीका अध्यक्ष जय नारायण शाहको अध्यक्षतामा सम्पन्न भेलाले करिव ३ हजार विपन्न परिवार तथा मजदुरी गरेर छाक टार्नेहरुका लागी तत्कालै राहत उपलब्ध गराउने निर्णय गरेको छ।राहत सामग्री ढुवानी गर्न व्यापारीलाई आग्रह गरिएको छ भन्दै चाडैनै त्यस्ता परिवारलाई राहत वितरण गर्ने अध्यक्ष जयनारायण शाहले बताउनु भयो।राहत सामग्री घर-घरमै पुर्याउने समेत शाहले प्रतिबद्धता जनाउनु भयो।

भेलामा सबै वार्डका जनप्रतिनीधी हरुले आफ्नो वार्डमा भएका विपन्न परिवारको लगत संकलन गरेर ल्याएका थिए।भेलामा सम्पुर्ण वार्डका जनप्रतिनिधी,गाउँ कार्यपालीकाका कर्मचारी,विभिन्न संघ-संस्थाका प्रतिनिधि,राजनिती दलका प्रतिनिधि,स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतको व्यापक उपस्थिति रहेको थियो।

गत आईतबार झापा गाउँपालीकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा २५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको थियो ।सो कोषमा सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

झापा गाउँपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन गर्ने भएको छ।

गाउँपालिकाले झापा गाउँपालिका भित्र डिल्लीराज मावी र जनता उच्च मावी गरेर दुई स्थानमा क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचारको समेत प्रबन्ध गरेको छ ।

सम्बन्धित खबर