Kanakai Online

क्वारेन्टाइनमा बसेका भन्छन,छि-छि दुर-दुर गर्छन,परै बाट तर्सन्छन।


सोमवार, चैत १७, २०७६ |

केशब चापागाईं

कनकाई अनलाइन

झापा,चैत्र १७।झापा गाउँपालीकाको अस्थायी क्वारेन्टाइन डिल्लीराज माबीमा राखिएका मानिसले आफुलाई अमानविय व्यवहार हुने बताएका छन।

गाउँपालिकाको टोली साथै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा राजनितीक दलका प्रतिनिधीको टोली अनुगमनमा पुग्दा उनीहरुले रिचार्ज किन्न पनि समस्या छ,छि-छि दुर-दुर गर्छन भन्दै यस्तो दुखेसो पोखेका हुन।खान,बस्न कतीको समस्या छ भन्ने प्रश्नमा खान लाउन समस्या छैन,यहाँ बस्दा टाइमपास नै भएन रिचार्ज किनेर ल्याइदिनुस भन्ने आग्रह गरेका थिए।

उनीहरुलाई अहिले सम्म कोरोना भाइरस संक्रमणका कुनैपनि लक्षण नदेखिएको स्वास्थ्यकर्मीले बताए।

झापा गाउँपालीकाको अस्थायी क्वारेन्टाइन रहेको डिल्लीराज मावीमा जम्मा ९ जना छन।४ जना सडकबारी घर भएका स्थानिय छन भने ४ जनाको घर सर्लाही र एकको कैलाली रहेको छ।उनीहरु अवैध नाका हुँदै भारतबाट झापा गाउँपालीका प्रवेस गरेका थिए।

सम्बन्धित खबर