केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत १४।झापा गाउँपालीकाको डिल्ली राज मावीमा बनाइएको अस्थायी क्वारेन्टाइनमा थप ५ जनालाई राखिएको छ।
उनीहरु भारतबाट अवैद नाका हुँदै झापा गाउँपालीका प्रवेस गरेपछी सुरक्षाकर्मीले नियन्त्रणमा लिई अस्थाइ क्वारेन्टाइनमा पठाएको झापा गाउँपालीकाका सुचना अधिकारी हिमाल मिश्रले बताए।उनीहरु मध्ये चार जनाको घर सुर्खेत र एक जनाको महेन्द्रनगर रहेको बताइएको छ।अवैद नाका हुँदै आएका थप दुई जना श्रीमान श्रीमतीलाई भने होम क्वारेन्टाइनमा राखिएको छ।
यस अघि झापा गाउँपालीकामा रहेका दुई अस्थायी क्वारेन्टाइनमा गत मंगलबार ४/४ जनालाई राखिएको थियो।