फाइल फोटो
केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत १४।झापा गाउँपालीका वडा नं-३ ले आफ्ना वडावासीहरुलाई ५००० मास्क वितरण गरेको छ।कोरोना व्यबस्थापन सहजीकरण वडासमितीले उक्त मास्क वितरण गरेको हो।
मुलुक लकडाउन भएको आज चौथो दिन आफ्ना वडावासीलाई कोभिड-१९ को संक्रमणबाट बचाउन उनीहरुको घर-घरमै पुगेर मास्क वितरण गरेको वडा-३ का वडाध्यक्ष मोतीलाल गणेशले कनकाई अनलाइनलाई बताए।
गणेशका अनुसार वडाले मास्क खरिदमा एक लाख रुपैयाँ बजेट छुट्याएको थियो।सोही रकमको मास्क खरिद गरि वितरण गरिएको हो।