Kanakai Online

नेरेसो शरणामतीको अगुवाइमा मास्क बितरण


शनिवार, चैत ८, २०७६ |

केशब चापागाईं

झापा,चैत ८।नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखाको अगुवाइमा शरणामती बजारमा आज मास्क बितरण गरिएको छ।

नेरेसो शरणामती उपशाखाको संयोजनमा मानव उद्दार सेवा केन्द्र झापा गापा,जेष्ठ नागरिक संघ झापा गापा,न्यु पाथिभरा बचत तथा रिण सहकारी संस्था शरणामती,महिला संजाल शरणामती,एनएमसी सहकारी संस्था शरणामती,श्री शिद्देश्वर दुर्गाकाली मन्दिर शरणामती,शरणामती बजार व्यबस्थापन समिती र झापा गाउँपालीकाको आयोजना तथा सहयोगमा माक्स बितरण गरिएको थियो।

आज शरणामती बजारमा २०० जनालाई माक्स बितरण गरिएको नेरेसो शरणामती उपशाखाका अध्यक्ष केशब बजगाईंले बताए।संस्थाले माएकिङ मार्फत कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट बच्न सचेतना दिएको थियो।संस्थाले दैनीक प्रत्येक वडाका विभिन्न बजारमा मास्क बितरण कार्यक्रम गर्ने बजगाईंले बताए।

“सेवा गरौं पुन्य कमाउ,आफू बचौं अरुलाई पनि बचाउँ” भन्ने मूल नाराका साथ कोरोना भाइरस(कोभिड-१९) को संक्रमण बाट मुक्त समाजको निर्माण गर्ने अभियान लिएको संस्थाले भोलि कामाटोली बजारमा मास्क बितरण गर्ने योजना बनाएको छ।

सम्बन्धित खबर