Kanakai Online

झापाका पत्रकार र प्रहरीलाई जेसीजको निशुल्क मास्क र सेनेटाईजर


शनिवार, चैत ८, २०७६ |

कनकाई अनलाईन
वीरता जेसीजले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न पत्रकारलाई निःशुल्क मास्क र सेनेटाइजर प्रदान गरेको छ ।
वीरता जेसीजले नेपाल पत्रकार महासंघ झापा शाखालाई मास्स र सेनेटाइजर वितरण गरेको हो । वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणी सापकोटालाई दुई सय पचास थान मास्क र २० वटा सेनेटाइजर हस्तान्तरण गरेको हो ।
सूचना सम्प्रेशण गर्न हरेकदिन व्यस्त रहनुपर्ने पत्रकारहरुलार्ई कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क र सेनेटाइजर वितरण गरेको वीरता जेसीजका अध्यक्ष पोखरेलले बताए ।
त्यस्तै वीरता जेसीजले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् प्रहरीलाई मास्क वितरण गरेको छ ।
वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुलाई एक सय थान र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई एक सय थान माक्स वितरण गरेको थियो ।
त्यस्तै वीरता जेसीजले विर्तामोड ६ स्यालडाँगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै मास्क र सावुन वितरण गरेको छ ।
वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको अध्यक्षता तथा बिर्तामोड .६ का वडाध्यक्ष सुर्य कन्दड्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा त्यसक्षेत्रका दुई सय भन्दा वढी वासिन्दालाई कोरोना भाइरसको संक्रमणवाट वचाउन मास्क र सावुन वितरण गरिएको थियो ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापा , बिर्तामोड ६ का वडासदस्य एलवीन्द्र खत्री लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विकास वस्नेतले गरेको सामाजिक संजाल संयोजक संजय राजवंशीले वताए ।

सम्बन्धित खबर