Kanakai Online

कोरोना कहर-झापा गापाको टेम्पु सावधानी।


शुक्रवार, चैत ७, २०७६ |

केशब चापागाईं

झापा,चैत ७।बिश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको (Covid-19) संक्रमण फैलन नदिन झापा गाउँपालीकाले टेम्पु सावधानी अपनाएको छ।

कोरोना भाइरसका लक्षणहरु र सावधानीका उपायहरु लेखेको ब्यानर टेम्पुमा टासेर गापा वासीलाई श्रब्य मार्फत सचेतना दिदै गाउँपालीकाका वडा-वडा परिक्रमा गरिएको झापा गापाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए।

सचेतनामा भिडभाड हुने स्थानमा नजान,कुनै सभा भेला नगर्न गापाबासीलाई अपिल गरिएको छ।कोरोना भाइरसको संक्रमण बाट बच्न साबुन पानीले हात धुने,जथाभावी खानेकुरा नखाने,माक्स लगाएर हिड्ने,अपरिहार्य काम नपर्दा सम्म घरबाट बाहिर ननिस्कने ,हात नमिलाउने आदि सचेतना दिइएको छ।

पछिल्लो समय विश्व जगतमा कोरोनाको कहर झन बढेपछी गाउँपालीकाले यस्तो सतर्कता अपनाएको हो।

सम्बन्धित खबर