कनकाई अनलाईन
गत शुक्रवार झापाको अर्जुनधारामा भएको सुखानी शहिद स्मृति कप महिला गोल्डकपको उपाधि जित्ने कनकाई नगरपालिकाको महिला टिमलाई कनकाई नगरपालिकाले भव्य सम्मान गरेको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बिजयी कनकाई नगरको महिला टिमलाई नगद ४१ हजार सहित सम्मान गरेको हो ।
कनकाई नगरपालिकाको मात्रै नभएर जिल्लाकै नाम राखेको भन्दै नगरप्रमुख पोखरेलले खेलाडीको सम्मानका लागि नगरले कुनै कसर बाकी नराख्ने बताउँनुभयो । सोहि अवशरमा उत्कृष्ट खेलखेल्ने सरिता सेर्पालाई समेत थप ३ हजार नगद सहित सम्मानित गरिएको थियो । कार्यक्रममा कनकाई खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्साल, सदस्य जविन तिम्सिना, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिनानाथ खतिवडा, सचिन विनोद रानामगर , कनकाई नगरपालिकाका खेल प्रशिक्षक सन्त रायमाझि , लीलु गिरी लगायातको सहभागिता रहेको थियो ।