सिएम शर्मा टेक्रा
कनकाई नगरपालिका वडा नं। ४ का कृषकहरुलाई वडामा कृषिको लागि विनियोजित १२ लाख रुपैयाँ मध्ये बाट सात लाख रुपया बराबरको विभिन्न कृषि सामाग्री वितरण गरिएको छ ।
शुक्रबार वडाले एक कार्यक्रम गरि वडामा रहेका विभिन्न ११ वटा कृषक समुहको माग अनुसार समुहगत रुपमा ३ थान पावर टेलर , मकै रोप्ने मेसिन १६ थान , मकै छुडाउने मेसिन ८ थान , चार्ज बाट र चार्ज नहुदा पम्प बाटै स्प्रे गर्न सकिने स्प्रे मेसिन ८ थान र जैविक मल वनाउन आवाश्क भाडोको रुपमा ५० लिटर , १०० लिटर र २०० लिटरका गरि प्रत्येक समुहलाई ६ , ६ थान पानी टंकी साथै टनेल वितरण गरिएको हो ।
कृषक समूह हरुलाई उक्त कृषि सामाग्री हस्तान्तरण गर्दै समुहमा सबै जसो कृषक आवद्ध भईसकेको र यदि कोहि समुहमा आवद्ध नभएका अषलि कृषक भए उहाहरुको समेत पहिचान गरि कृषि सामाग्री वितरण गरिने वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल वताएका छन ।
कनकाई नगरलाई जैविक नगर घोषणा गर्ने अभियानमा लागिरहदा जैविक खेति प्रणालीको सुरुवात पनि वडा नं। ४ बाटै भएको कनकाई नगरका जैविक खेति प्रचारप्रसार तथा प्रविधि समितिका सचिव तथा कनकाई वडा नं। ४ का साना कृषि यन्त्र खरिद समितिका अध्यक्ष डिल्ली सिटौलाले वताएका छन । अहिले वडाको ६ लाख र कृषक उपभोक्ता बाट १ लाख ३६ हजार रुपैया बराबरीको साझेदारीमा उक्त सामाग्री खरिद गरि वितरण गरिएको र अब बाकि रकम बाट बोरिङ्ग , कृषि चुन र अन्य आवाश्क सामाग्री खरिद गरिने पनि कृषि यन्त्र खरिद समितिका अध्यक्ष सिटौलाले जानकारी गराएका छन ।
कनकाई नगर वडा नं। ४ का वडा सदस्य द्वय देवि माया दहाल र रोषन सुवेदी साथै विभिन्न कृषि समुहबाट कृषकहरुको उत्साहजनक उपस्थिति रहेको हस्तान्तरण कार्यक्रममा अधिकांश कृषकले आधुनिक समयमा आधुनिक कृषि यन्त्र नहुदा खेति गर्न समस्या भैरहेको वेला कृषि प्रधान देशका कृषकको समस्या लाई मध्यनजर गरि जवाफदेही हुदै वडाले कृषि सामाग्री वितरण गरेकोले कृषकलाई थोरै भएपनि राहत भएको वताएका छन ।