Kanakai Online

झापामा होली मनाउने २७४ सवारीलाई कार्बाही


मङ्गलवार, फागुन २७, २०७६ |

कनकाई अनलाईन
झापा । होली पर्वका बेला झापा जिल्लामा २७४ वटा सवारी साधनका धनीलाई सवारी नियम उल्लंघन गरेपछि मंगलबार कार्बाही गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार २७४ सवारीमध्ये दुई वटा अटो, एक वटा ट्याक्टर र चार वटा मोटरसाइकल चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियमअनुसार कार्बाही गरिएको छ ।

ट्राफिक प्रहरी निरीक्षक प्रकाशकुमार जवेगुका अनुसार साँझसम्म सवारी नियम उल्लंघन गर्नेको संख्या बढ्न सक्नेछ ।यसैगरी, अर्जुनधारा क्षेत्रमा मात्र ३८ वटा सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेका छन् । तीन वटा मोटरसाइकल, एउटा अटो र एउटा मारुती भेनका चालकले मापसे सेवन गरेको पाइएको ट्राफिक प्रहरी शनिश्चरेका इन्चार्ज दिपेश पौडेलले जानकारी दिए ।उनका अनुसार ११ जना सवारी चालकले बिना हेल्मेट सवारी चलाएको र २२ जनाले नियमविपरीत ३ जना चढाएर चलाएको फेला परेको थियो ।