कनकाई अनलाईन
मार्गदर्शन नेपाल कनकाईको आयोजना, मेची आखा अस्पतालको प्रबिधिक सहयोग र कनकाई नगरपालिका वार्ड नम्बर ३ को आर्थिक सहयोग तथा गोहिखाडी कृषि सहकारीसमेतको सहयोगमा आज कनकाई ३ दिब्यरत्न आवाशीय माविमा भएको एक दिने निशुल्क आँखा शिविरमा ६ सय जनाको निशुल्क आखाको जाँच गरिएको छ ।
आखा जाँच गरिएका मध्ये ३२ जनाको निशुल्क मोतियाबिन्दुको अप्रेसनका लागि अस्पताल रेफर गरिएको र १६२ जनालाई निशुल्क चश्मा बितरण र ५०० जनालाइ निशुल्क औषधि समेत बितरण गरिएको मार्गदर्शन नेपालका अध्यक्ष दुर्गा प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा कनकाई ३ का वडा अध्यक्ष रुद्र प्रसाद चिमरियाको प्रमुख आथित्यता रहेको थियो भने मेची आँखा अस्पतालका कार्यालय प्रमुख सुरज रौनियार, दिव्यरत्नका पिन्सिपल सागर ढुड्गाना, बताइएको छ ।