Kanakai Online

नेपाल परिवार नियोजन संघ झापामा लोकनाथ


बिहिवार, पौष १७, २०७६ |

कनकाई अनलाईन
भद्रपुर, १७ पौष । नेपाल परिवार नियोजन संघ झापामा लोकनाथ भट्टराईको सभापतित्वमा १० सदस्यीय समिति गठन भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार ३ वर्षे कार्यकालका लागि गठित समितिमा विमला गौतम, चन्द्रदेवी सुवेदी, विन्दा लुइँटेल, झुमा दाहाल, गोविन्द कोइराला, केदार गिरी, भक्त खवास सदस्यमा निििर्वरोध निर्वाचित भएका हुन् भने युवा सदस्यमा रेजिना शंकर र मञ्जु चिमरिया निर्वाचित भएका छन् ।
संघको यही पौष १९ गते गरिने निर्वाचन तालिका अनुसार पौष १६ गते सम्पन्न उम्मेदवारीमा आवश्यक पद भन्दा बढीको उम्मेदवारी नपरेपछि आज सवै पद निर्वाचित घोषणा गरिएको हो ।