कनकाई अनलाईन
सतासीधाम जेसीज, शिवसताक्षी ९झापा० वर्ष २०१९ को सातौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट जेसी कुमार सिंह साँबा९लिम्बु०, वर्ष २०२० का लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको छ ।
सतासीधाम जेसीज स्थापनाकाल २०१२ देखि नै सदस्य हुदैं, वर्ष २०१६ मा उपाध्यक्ष, वर्ष २०१७ मा तालिम संयोजक, वर्ष २०१८ मा कार्यकारी उपाध्यक्ष र वर्ष २०१९ मा महासचिव हुदैं, वर्ष २०२० मा अध्यक्ष बन्न सफल, साँबाले वर्ष २०२० लाई, “सबल व्यक्तित्व तथा नेतृत्व विकास र सामाजिक रुपान्तरणका लागि सतासीधाम जेसीज वर्ष २०२०” भन्ने प्रमुख प्रकरण ९थिम० र अभियानका साथ सतासीधाम जेसीजलाई नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै गरी वर्ष २०१८ का अध्यक्ष जेसी महेन्द्र भट्टराई संयोजक, वर्ष २०१७ का विनोद खरेल सदस्य र वर्ष २०१९ का कार्यकरणी उपाध्यक्ष निरोेज दुलाल रहेको निर्वाचन मण्डलले वर्ष २०२० का लागि कार्यकरणी दुई उपाध्यक्षमा क्रमशः जेसी अर्जुन भट्टराई तथा सिकिन पासवन र चार उपाध्यक्षमा जेसी गोपाल९जिएन० नेयोङ, भिम बहादुर बोहोरा, गणेश अधिकारी र विश्व विक्रम दाहाल सर्वसम्मत चयन भएको जनाएको छ ।
शिवसताक्षी न।पा। ०९ दुधे अवस्थित न्यू होटललाईटको सभाहलमा शनिबार आयोजित सतासीधाम जेसीज, सातौं वार्षिक साधारणसभा तथा अधिवेशनमा, लायन्स क्लव अफ शिवसताक्षीका वर्ष २०१९÷२०२० को अध्यक्ष सन्तोष थोप्राले प्रमुख अतिथि, जेसीजले व्यक्तित्व, नेतृत्व तथा क्षमता विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा अनुकरणीय कार्यहरु गर्दै आएको भन्दै लायन्स सहकार्यमा हरदम सहकार्य र हातेमाले गर्न तयार रहेको बताएको कार्यक्रममा सतासीधाम जेसीज नयाँ सदस्यताहरुको तर्फबाट विश्व विक्रम दाहाल, व्यवसायी तथा समाजसेवी शिवकुमार मैनाली, आदर्श बचत तथा ऋण सहकारी संस्था, दुधेका अध्यक्ष चन्द्र बहादुर थापा, सतासीधाम जेसीज, शिवसताक्षी, झापाका संस्थापक अध्यक्ष कृष्ण पोख्रेल, लायन्स क्लव अफ शिवसताक्षी संस्थापक अध्यक्ष यामनाथ काफ्ले लगायतले शुभकामना मनतव्य राखेको कार्यक्रमको अध्यक्ष सतासीधाम जेसीज वर्षको अध्यक्ष जेसी दिनेश बाराकोटीको अध्यक्षता सम्पन्न कार्यक्रमकमा जेसी आस्था वाचन वर्ष २०१९ का उपाध्यक्ष जेसी निर्मला प्रधान९श्रेष्ठ०, स्वागत मनतव्य वर्ष २०१९ का कार्यकरणी उपाध्यक्ष जेसी निरोज दुलाल र कार्यक्रमको औचित्य प्रकाश वर्ष २०१७ का अध्यक्ष जेसी विनोद खरेल पारेका थिए भन्ने कार्यक्रम सञ्चालन महासचिव जेसी कुमार सिंह साँबा९लिम्बु० ले गरेका थिए ।
त्यस्तै साधारणसभाको बन्दसत्रले सतासीधाम जेसीज वर्ष २०१९ का महासचिव कुमार सिंह साँबा९लिम्बु०द्रारा प्रस्तुत महासचिव प्रतिवेदन र वर्ष सतासीधाम जेसीज वर्ष २०१९ का कोषाध्यक्ष जेसी अग्नि प्रसाद खरेलद्रारा २२ लाख ३ हजार ३ सय ५ रुपैयाँ बराबरको वार्षिक आय तथा व्यय समेत अनुमोदन गरेको थियो ।