Kanakai Online

बिर्तामोड खानेपानीमा नेकपाको उम्मेद्धार घोषणा


शुक्रवार, मंसिर २०, २०७६ |

कनकाई अनलाईन
आसन्न बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि प्रगतिशील समुहले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो उम्मेद्धारी घोषणा गरेको छ ।
आगामि मंसिर २५ गते हुन लागेको संस्थाको निर्वाचनमा बाम प्रगतिशिल समुहबाट ज्ञानुराम प्रसाईको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । जसमा उपाध्यक्षमा बुद्धि घिमिरे सचिवमा जनबहादुर जबेगु , यस्तै सदस्यहरुमा पुण्यप्रसाद सिटौला, शंकरराज ढुङ्गेल र महिला सदस्यहरुमा सिता सापकोटा र हिमादेवि प्रसाई रहेको पत्रकार सम्मेलनमा प्रचार विभागका प्रमुख युवराज दाहालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेद्धार प्रसाईले बैकल्पि उर्जाको प्रवन्ध गरि खानेपानी वितरण गर्नेदेखि हालको पानीको महशुलमा समेत छुट दिने प्रतिवद्धता जनाउनुभएको थियो ।