कनकाई अनलाईन
कनकाई नगरपालिका ६ चम्पापुरमा रहेको पुखौली निजि वन प्रदेशकै उत्कृष्ट निजि वनका रुपमा रुपमा पुरस्कृत भएको छ ।
शिवसताक्षी नगरपालिका १० माइधार निवासी मोहन सुवेदीद्धारा संचालित करिव २ बिगाह क्षेत्रमा फैलिएको उक्त निजि वन हालैमात्र विराटनगरमा आयोजित प्रदेश सरकार उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले सुवेदीद्धारा संचालित पुखौली निजि वनलाई प्रादेशिक निजि वन पुरस्कार प्रदान गर्दै प्रदेशकै उत्कृष्ट निजि वनका रुपमा नगद ५१ ह्जार सहित सम्मानित गरेको हो ।
सुवेदीलाई यस अघि जिल्ला वन कार्यालय झापाले समेत वन दशक अभियान अन्र्तगत निजि वन विकास प्रवद्धन तथा वातावरण पुरस्कार प्रदान गरिसकेको छ ।
कनकाई नगरपालिका चम्पापुरमा आफ्नो पुखौली जमिनमा टिक, मसला, पाउनोनिया, सिमल, सिसौ लगायातका रुख लगाउनु भएको छ । सुवेदी निजि वन संजाल झापाका सचिव समेत रहनुभएको छ ।