कनकाई अनलाईन
भद्रपुर । डेंगुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएपछि रोटरी क्लव अफ भद्रपुरले बुधबार भद्रपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।भद्रपुर–५ स्थित सरावगी प्लाइउड उद्योग परिसरमा क्लवका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा ५ महिलासहित ४२ जनाले रक्तदान गरेका थिए ।
रोटरियन प्रदीप सरावगीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।रोटरियन ईश्वर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो भने रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


