Kanakai Online

सुरुङ्गामा काठ तस्करद्धारा खुकुरी प्रहार


बुधवार, भदौ २५, २०७६ |

कनकाई अनलाईन
कनकाई माई दोमुखामा बाँसको चाली बनाएर काठ तस्करी गरि ल्याउने समुहको खुकुरी प्रहारबाट अहिले ३ जना गस्ती टोलीका सदस्यहरु घाइते बनेका छन ।
अहिले  बुधवार राती  ८ बजेको समयमा २ बटा बाँसको चालीमा करिव ४० किमि साखु जातको काठ कनकाई माइमा बगाएर सुरुङ्गा तर्फ ल्याउने क्रममा बन गस्ती टोलीले देखेपछि तस्करी गर्ने समुह लुकेर बसी कनकाई नगरपालिका २ का मेघराज पौडेल , विनोद राई र डिबी राईमाथि तस्करीको समुहले अन्धाधुन्ध खुकुरी प्रहार गरेर सख्त घाइते बनाएको छ ।
गस्ती टोलीमध्ये कोपिला राई भने भाग्न सफ लबनेका छन । घाईते मध्ये डिबी राईको टाउकोमा चोट लागेको छ भने बाकी दुई जनाको हात काटेको प्रहरीले जनाएको छ । आक्रमणमा सहभागि भएको आरोपमा स्थानीय धनबहादुर राईलाई प्रहरीले घट्नास्थलबाटै पक्राउ गरेको छ । ६ जनाको समुहमा रहेको सो समुहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाईते सबैको हाल विर्तामोडस्थित विएण्डसी हस्पिटल विर्तामोडमा उपचार जारी छ । प्रहरीले बरामद काठ वन समुहको घाटगद्धीमा राखेको छ । सम्भवत नेपालमै सबैभन्दा वढी काठ तस्करी हुने यस क्षेत्रमा यसअघि समेत प्रहरी सशस्त्र वन रक्षक र काठ तस्करी गर्ने गिरोह विच दोहोरो गोली हानाहान समेत हुदै आएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यावस्था कडा बनाइएको छ ।