Kanakai Online

रेडक्रस दिवसमा १ सय २६ जनाले गरे रक्तदान


बुधवार, भदौ २५, २०७६ |

कनकाई अनलाईन
५६ औं राष्ट्रिय रेडक्रस दिवसको अवसरमा कनकाईको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा लगायत स्थानीय ११ वटा विभिन्न सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २० महिलासहित १ सय २६ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी दमक रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा सुरुङ्गा जेसीज, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, कनकाई मावि, पशुपति अंग्रेजी माध्यमिक विद्यालय, सुरुङ्गा सहकार्य युवा क्लव, सुरुङ्गा सामुदायिक सिकाई केन्द्र, ज्ञानज्योती युवा क्लव, न्यु रेलिमाई युवा क्लव र कनकाई भेट्रान क्लव जस्ता सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति प्रविन तिम्सिनाको सभापतित्व एवम् प्रदेश सभा सदस्य हिरा थापाको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा सिद्धार्थ वैंक लि। शाखा सुरुङ्गाको विशेष सहयोग रहेको थियो । कनकाई माविका प्रधानाध्यापक कर्ण डाँगीको स्वागत तथा कनकाई वहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख विकास उप्रेतीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सुरुङ्गा खानेपानीका अध्यक्ष भिमप्रसाद अधिकारी, रेडक्रस सुरुङ्गाका सल्लाहकार वालकृष्ण प्रसाईँ लगायतले मन्तव्य राखेका थिए ।
 

सम्बन्धित खबर