कनकाई अनलाईन
गैडे सामुदायिक वन उपभोक्ता समुह शिवसताक्षीले आफ्ना विपन्न २० परिवारलाई निशुल्क सुत्ने खाट वितरण गरेको छ ।
वन समुहका अध्यक्ष अमृत कार्कीका अनुसार कमजोर आर्थिक अवस्थाका उपभोक्ताहरुको छनौट गरि उनीहरुलाई प्रतिपरिवार एउटा खाट वितरण गरिएको हो । शिवसताक्षी नगरपालिका वार्डनम्बर १० का अध्यक्ष कर्णबहादुर थापाले उपभोक्तालाई खाट प्रदान गर्नुभएको हो ।