अब्दुल सद्दाम अन्सारी
झापा गाउँपालिका वडा नं–४ मा रहेको श्री डिल्लीराजमाविमा गाउँ मदरसा समिति –(बोर्ड) झापाको अध्यक्ष सफिउल्ला अन्सारीको सभापतित्वमा “इत्तिहाद तथा सम्मान कार्यक्रम” सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि झापा गा.पा.का अध्यक्ष जयनारायण शाहले मदरसाहरुलाई गाउँपालिका को तर्फबाट सक्दो सहयोग गर्ने भावना व्यक्त गर्नुभएको छ जसमा–भवन बनाउने, मुस्लिम विद्यार्थीलाई ११ कक्षा पढ्न लाई छात्रवृत्ति व्यवस्था लगायत मुस्लिम समुदायमा एकता कायम गर्न समेत कुरा गर्नुभयो ।
शाहले कार्यक्रममा सम्मानित हुने व्यक्ति र मदरसा बोर्डलाई धन्यवाद दिँदै आगामी वर्षहरुमा पनि सहयोग गर्ने आश्वासन दिनु भएको छ । उक्त कार्यक्रममा सम्मानित हुने शिक्षक तथा मोल्बीहरु आइनुल हक—मदरसा इस्लामिया रुहिमारी,चौधरी मिया—मदरसा इस्लामिया बदरुल उलुम रसुनगंज,अफाक आलम—मदरसा जामे मस्जिद तालेमुल कुरान बेलडाँगी,ज्याबुल हक—मदरसा मिसबाहुल उलुम चामापाडा,अफसना बेगम—मदरसा मसउदुल उलुम भामटोली त्यस्तै मदरसाका जग्गादातामा सम्मानित हुने अबेदुर अलि र सायद अलि ले दान गरेका ११ कठ्ठा ५ धुर जग्गा —मदरसा मिसबाहुल उलुम र सगिर मियाले दान गरेको २ कठ्ठा जग्गा—मदरसा इस्लामिया सालमारा लाई दान गर्नुभएकोमा गाउँ मदरसा समितिले सम्मानित गर्नुभएको थियो र हरेक मदरसाका गरिव तथा जेहेनदार २ जना विद्यार्थी लाई पुरस्कृत गरेको छ ।
उक्त कार्यक्रमका विशेष अतिथिहरुमा नेपाल शिक्षक महासंघ झापा गा.पा.का अध्यक्ष जगन्नाथ राजवंशी , मुस्लिम संघ झापा अध्यक्ष अमिन अलि सेख, वडा नं—१ अध्यक्ष राज कुमार यादब, वडा नं—३ अध्यक्ष मोतिलाल गणेश, वडा नं—६ अध्यक्ष हरि ब. बानिया,शिक्षक परिषद् अध्यक्ष मदन भण्डारी, इलाका प्रहरी ईन्चार्ज र शसस्त्र प्रहरी बल लगायत झापा गाउँपालिकाका मदरसाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा स्वागत मन्तव्यमा कलाम सेख,कार्यक्रम सञ्चालकमा मुर्सेद अलि र शुभकामना मन्तव्यमा सजेबुल अलि,जगन्नाथ राजवंशी ,राज कुमार यादबले दिनुभएको थियो भने कार्यक्रमका सभापतित्व सफिउल्ला अन्सारीले मदरसाका लागि सरकारले दिने अनुदान रकम ह्वातै घटाएकोमा गुनासो पोख्नु भएको थियो । अन्सारीले झापा जिल्लाका मदरसाका लागि ०७५÷०७६ मा २५ लाख रुपैयाँ अनुदान दिएको थियो भने ०७६÷०७७ मा १६ लाख रुपैयाँ मात्र बजेट बिनियोजन गरेको छ । अन्सारीले मदरसाहरुलाई आफ्नो स्तर प्रगतिगर्दै अघि बढ्नुपर्छ र मदरसा बोर्डको तर्फबाट सबैलार्इृ धन्यवाद दिनुभएको छ ।