Kanakai Online

चानकलाई सहयोग जुट्न थाल्यो


मङ्गलवार, भदौ १०, २०७६ |

कनकाई अनलाईन
लामो समयदेखि क्यान्सर रोगले थलिनुभएका झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका चानक उप्रेतीलाई सामाजिक संजालबाट जोडिएका युवाहरुको संस्था माउण्ट एभरेष्ट सेवा समाजले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
समाजले सामाजिक संजाल फेसबुकबाटै संकलित ३७ हजार रुपैँया उप्रेतीको घरमा पुगि बिरामी उप्रेती तथा उहाकी श्रीमती अम्बिकादेवि ओली उप्रेतीलाई हस्तानतरण गरेको हो । संस्थाकी कोषाध्यक्ष प्रमिला भेट्वाल लगायातको टिम उप्रेतीको घर सुरुङ्गामा पुगेको थियो । रकम हस्तानतरण कार्यक्रममा वोल्दै कोषाध्यक्ष भेट्वालले थोरै भएपनि विरामी उप्रेतीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । सामाजिक संजालको दुरुपयोगभैरहेको वेलामा हामीले सहि सदुपयोग गर्ने कोशिष गरिरहेका छौ भेट्वालले भन्नुभयो ।
हालसम्म सामाजि संजालबाटै .विस २०७४ सालमा स्थापना स्थापना भएइको यस संस्थाले दैविक प्रकोप , तथा विरामी अवस्थाका नेपालीहरुका लागि आर्थिक सहयोग गर्ने देशका विभिन्न संघ संस्थालाई समेत आर्थिक सहयोग पुर्याउदै आएको संस्थाका सल्लाहकार तथा साउदी अरबका अध्यक्ष देवेन्द्र बुडाथोकीले बताउनुभयो । संस्थाले काठमाण्डौ मुलपानीस्थित कलाकार सुलेमान .शंकरद्धारा संचालित स्नेह वाल आश्रमलाई ५१ ह्जार रुपैँयाको लत्ताकपडा तथा स्टेशनरी सहयोग गरेको छ । यसैगरि काभ्रेका मृगौला बिरामी जितमान तामाङ्गलाई २१ ह्जार नगद सहयोग कतारमा बन्दी बनाएर राखिएका विनोद रानाभाटलाई स्वदेश फर्काउन ६१ ह्जार लगायातको सहयोग पुर्याएको समाजका मिडिया संयोजक तेजन खड्काले बताउनुभयो ।