Kanakai Online

प्राध्यापक कन्दङ्वालाई पत्नीशोक


शुक्रवार, साउन ३, २०७६ |

कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कार्यरत उपप्राध्यापक तिलविक्रम कन्दङ्वालाई पत्नीशोक परेको छ ।
कन्दङ्वाकी धर्मपत्नी चन्द्रकुमारी खापुङ ९कन्दङ्वा० को ५६ वर्षको उमेरमा मेचीनगर–१२ धाइजनस्थित निजी निवासमा गत असार ३१ गते निधन भएको हो ।
चन्द्रकुमारी विगत ४ वर्षदेखि स्तनक्यान्सरबाट पीडित थिइन् । स्व।चन्द्रकुमारीका पति तिलविक्रम, छोराबुहारीहरु मिराक–सृजना, निसाम–इन्द्रकला, छोरी मिमिङ्सा र नातिनी सुक्कुम कन्दङ्वा रहेका छन् ।
जेठो छोरा मिराक ब्रिटिस सेनामा र कान्छा छोरा निसाम वैदेशिक रोजगारमा बहराइनमा रहेका कारण स्व। कन्दङ्वाको बिहीबार मात्र कनकाईघाटमा दाहसंस्कार गरिएको थियो ।
दश लिम्बू सत्र थुमको रीतिथिति अनुसार ३ गते सामेला र ४ गते शुद्धाइ सम्पन्न गरिने बुझिएको छ ।
 

सम्बन्धित खबर