Kanakai Online

झापाका सबै तहमा पुर्व प्रहरी संगठनको स्वास्थ्य शिविर


शनिवार, जेठ ११, २०७६ |

कनकाई अनलाईन
नेपाल पुर्व प्रहरी संगठन झापा गरिब तथा विरामीहरुका लागि स्वास्थ्य शिविर लिएर झापाका सबै स्थानीय तहमा जाने भएको छ ।
हालसम्म संगठनको आयोजनामा झापाको भद्रपुर र झापा गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना संगठनले गरिसकेको संगठनका सल्लाहकार धनप्रसाद शिवाकोटीले बताउनुभयो ।
झापा गाउँपालिकाको शरणामतीस्थित जनता माविमा भएको स्वास्थ्य शिविरमा ३ सय ८१ जनाको निशुल्क स्वास्थ्य जाच र औषधि समेत वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष ख्यामराज कार्कीले बताउनुभयो ।
झापा गाउँपालिकाको स्वास्थ्य शिविरमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो । शिविरमा प्रमुख अतिथि शाहले पुर्व प्रहरीको समाजसेवाबाट सिङ्गो जिल्लावाशीमा खुसी र समृद्धि ल्याएको बताउनुभयो ।
स्वास्थ्य शिविरमा नाक कान , घाटी , आखा जाच , दात , स्त्रीरोग , र जनरल फिजिसियनका डाक्टरद्धारा विरामी जाच र औषधि समेत निशुल्क प्रदान गरेका थिए । स्वास्थ्य शिविरलाई आगामी दिनमा झापाका सबै पालिकाहरुमा लैजाने र ५ हजार भन्दा बढी विरामीको स्वास्थ्य जाच गरिने संगठनका अध्यक्ष कार्कीले बताउनुभयो । झापा गाउपालिकामा भएको स्वास्थ्य शिविरलाई झापा गाउँपालिका , वार्डकार्यालय , ओमसाई पाथिभरा हस्पिटल , दृष्टि आखा अस्पताल विर्तामोड , मानवीय उद्धार सेवा केन्द्र झापा गाउपालिका , जेष्ठ नागरिक संघ झापा गाउँपालिका , जनता मावि , समर मेडिकल हल सुरुङ्गा , बिर्तासिटी हस्पिटल विर्तामोड र एबी डेन्टल भद्रपुरको सहयोग रहेको थियो ।

सम्बन्धित खबर