कनकाई अनलाईन
किरातीहरुको महान पर्व उभौलीको अवशरमा झापा सुरुङ्गामा विविध सास्कृतिक कार्यक्रमका साथ किरातीहरुले मनाएका छन ।
किरात राई यायोक्खा कनकाई नगरको आयोजनामा किरातीको भुमिपुजन स्थलमा आयोजित कार्यक्रममा किरातीहरुको मुख्य चण्डीनाथ लगायातका विविध कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा कनकाई र झापा गाउँपालिकाका साथै छिमेकी गाउँहरुबाट समेत किरातधर्मलम्बीहरुको उपस्थिति रहेको थियो । किरात राई यायोक्खाका कनकाई नगर अध्यक्ष हिरण्यकुमार राईको सभापतित्व तथा सचिव दिवश राई र सहसचिव राजन राईको सयुक्त आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि यायोख्याकी जिल्ला नेतृ लक्ष्मी राई रहनुभएको थियो । सोहि कार्यक्रमका विच आफु शारिरीक रुपमा असक्क्त कान नसुन्ने भएरपनि अन्य सपाङ्ग बिद्यार्थीहरु सगै बसेर अध्यान गरि हाल कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा विएड प्रथम बर्षमा अध्यानरत् छात्रा सपना राईलाई बिशेष प्रतिभाका रुपमा नगद २५ सय सहित सम्मान गरिएको थियो । छात्रा सपनाका बारेमा शिक्षिका श्रृजना पौडेल तिवारीले बताउनुभएको थियो । कार्यक्रममा पत्रकार लीलाराज झापाली , किरात राई यायोक्खा झापा गाउँपालिकाका सचिव सुब्रतचन्द्र राई , सुम्निमा पारुहाङ्ग प्रतिष्ठान झापाकी सचिव विना राई , यायोख्यका पुर्व अध्यक्ष हाङ्गबीर राई लगायातले किरातीहरुको धर्म सस्कृतिको जर्गेनाको वारेमा बोल्नुभएको थियो । कार्यक्रमको स्वागत मनकुमार राईले गर्नुभएको थियो ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान