कनकाई अनलाईन
झापाको कनकाईमा कनकाई महिला चेम्बर कमिटी गठन भएको छ ।
२१ सदस्यीय समितिको अध्यक्षमा खिनमाया आचार्य खतिवडा सर्वसम्मत चयन हुनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुष्मा न्यौपाने , उपाध्यक्षमा सिता सापकोटा र राधिका भट्टराई महासचिवमा देवका शिवाकोटी सचिवमा अम्बिका बाह्रकोटी , सहसचिवमा अम्बिका दाहाल , कोषाध्यक्षमा मिना फुयाल रहनुभएको छ भने सदस्यहरुमा अंकिता लुइटेल , विष्णुमाया कार्की , सीता ओली , मंजु पंजियार , मुना फुयाल , लीलाप्रसाईँ संग्रौला , शान्ताकुमारी अधिकारी , चित्रा श्रेष्ठ , लक्ष्मी बस्नेत , कल्पना मगर , सरिमा कार्की , कल्पना पौडेल ढकाल र कमला आचार्य रहनुभएको छ ।
महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा प्रदेश सभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्यतामा सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका प्रदेश नम्बर १ का अध्यक्ष राजेन्द्र घिमिरे , झापाका अध्यक्ष सन्तोस अग्रवाल , कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिसोर दत्त , नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाका सभापति प्रविन तिम्सिना , श्यामसुन्दर ओली , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली लगायातले महिला चेम्बरले महिला र समग्र व्यावसायिको हक हित र शीपका वारेमा कार्य गर्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष खिनमाया आचार्यले महिला चेम्बरले व्यावसायिक हक र महिला हक दुबैका विषयमा काम गर्ने बताउनुभयो ।