लीलाराज झापाली
होलीमा हुने फजुल खर्च बचाइ तथा फेसबुकको अभियानबाट आर्थिक सहयोग गरेर यहाँका दुइ युवा संस्थाले अपाङ्ग अनाथलयमा आर्थिक र कपडा सहयोग गरेका छन ।
सतासीधाम जेसिज तथा गोर्खाली हर्ट नामक फेसबुक अभियानकर्ता युवाले कनकाई नगरपालिकामा रहेको पुकार असक्त समाजमा गई त्यहा रहेका १७ जना अपाङ्ग अनाथसग होली मनाएका छन भने सो अनाथ आश्रमको १ बर्षको घरभाडा वापतको १ लाख ४ हजार रुपैँया समेत आर्थिक सहयोग गरेका छन ।
होलीको खानपान बापतको फजुल खर्च र फेसबुकवाट देशविदेशबाट दाताबाट संकलित रकमबाट सो रकम सहयोग गरिएको सतासीधाम जेसिजका पुर्वअध्यक्ष महेन्द्र भट्टराईले बताउनुभयो । युवा समुहले आश्रममा रहेका वालवालिकासग खानेकुरा खाएर होली मनाउनुको साथै केहि कपडा समेत प्रदान गरेका थिए । युवा समुहद्धारा लगिएको कपडा र नगद हस्तानतरण गर्दै प्रदेश सांसद झलकसिंह दर्लामीले युवा समुहको यस कार्यले राज्यको आखा नपुगेको क्षेत्रमा युवा समुहले मद्धत गरेको वताउदै देशका सबै अपाङ्ग र दिनदुखीहरुको साथमा सरकार रहने बताउनुभयो । कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले युवाको सतकार्यको सिको नगरपालिकाले गर्ने बताउनुभयो । टिनएजर्स युवाहरु विजय खुदाङ लगायातको टिम , सताक्षीधाम जेसिजको सहकार्यमा आश्रमकी संचालिका निर्मला ओझालाई सो सहयोग रकम उपलब्ध गराएको हो ।
यसैविच लायन्स क्लव र लियो क्लव अफ कनकाईको समुहले स्थानीय कनकाई माविका अध्यानरत् विशेष शिक्षा तर्फका फरक क्षमता भएका विद्यार्थीलाई कपडा , जुक्ता र मिठो खानेकुरा दिएर मनाएको छ । लायन्स र लियोले यसअघि समेत यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । कनकाई माविमा आवाशीय रुपमा बसोवास गर्दै आएका २० जना विद्यार्थीसग होली मिलन कार्यक्रम राखिएको लायन्स क्लव कनकाईका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउनुभयो ।
तस्वीर ः सतासीधाम जेसिज र गोर्खाली हर्ट नामक फेसबुक समुहद्धारा संकलित रकम हस्तानतरण गर्दै प्रदेश सांसद झलकसिंह दर्लामी लगायात लीलाराज झापाली