Kanakai Online

भोलीबाट कनकाईको बारेमा फिल्म बन्दै


सोमवार, माघ २८, २०७५ |


कनकाई अनलाईन
झापा सुरुङ्गा बोलको गितको चर्चा पछि चर्चित कलाकार दिपेश प्रसाईले पुन कोहो फोहोरी बोलको चलचित्र मार्फत कलाकार दिपेश कनकाईमा आउने भएका छन ।
यस नगरपालिकामा क्षेत्रमा फोहोर टिप्दै जिवन यापन गर्नेहरुको कथामा आधारित कोहो फोहोरी नामक जनचेतनामुलक वृतचित्र निर्माण गरिने भएको छ । कनकाई नगरपालिकाको लगानी रहेको यस जनचेतनामुलक वृतचित्रको लेखन तथा निर्देशन तथा प्रमुख भुमिकामा चर्चित कलाकार दिपेश प्रसार्ई रहेका छन ।
प्रसाई मेरी बास्सै , तितो सत्य लगायातका चर्चित टेलिश्रृखला तथा थुपै्र नेपाली चलचित्रमा सफल अभिनय गरिसकेका छन । उनै प्रसाईको परिकल्पनामा तयार हुन लागेको यस शन्देशमुलक आधा घण्टा लामो भिडियो चलचित्रमा प्रसाईँको साथमा माधव भेट्वाल , नम्रता पाठक , दिपजन प्रसाई , तिलक रिजाल , नविन खबास लगायातको अभिनय देख्न सकिने छ । कनकाईका विभिन्न स्थलमा छायाङ्गन हुने भिडियोमा फोहोरबाट हुने फाइदा बेफाइदा तथा फोहोरलाई प्रयोग गरेर कसरी मोहोर कमाउन सकिन्छ भन्ने बारेमा शन्देश दिन खोजिएको छ । कनकाई नगरपालिकाको लगानी कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जाको प्रस्तुती रहेको भिडियोलाई कनकाई नगरपालिका लगायातका क्षेत्रमा शन्देशमुलक प्रसारण गरिने बताइएको छ । जसमा फोहोर गर्ने नागरिक फोहोरीकी उनीहरुले फ्याकेका फोहोर टिपेर हिड्ने नागरिक फोहोरी भन्ने बारेमा शन्देश प्रवाह गर्न खोजिएको बताईएको छ । यहि माघ २९ भोली बिहान सुरुङ्गा दुर्गामन्दिरबाट सुटिङ्ग सुरु गरिने प्रसाईले बताएका छन ।

सम्बन्धित खबर