Kanakai Online

झापा गाउँपालिका उज्यालो नगरि बन्दै


सोमवार, माघ २८, २०७५ |

कनकाई अनलाईन
झापाको दक्षिणी क्षेत्रमा रहेको झापा गाउपालिकामा अव २ वटा गाउँमा मात्रै विजुली पुग्न बाकी रहेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउनुभएको छ ।
झापाको पुरानो सदरमुकाम समेत रहेको यस गाउँपालिकाको चौधरी टोल र वार्डनम्बर १ मा रहेको सन्थाल गाउँमा रहेको ७ घरमा मात्रै बिजुली पुग्न बाकी रहेको शाहले बताउनुभयो । गाउँपालिका र विद्युत प्राधिकरणको सयुक्त लगानीमा गत बर्षबाटै यस गाउँपालिकामा बिद्युत विस्तार र ट्रान्समिटर जडानलाई तीब्रता दिएसगै झण्डै आधा गाउँपालिका अन्धकारमा रहेकोमा अव असार महिना पहिलेनै गाउँपालिकालाई उज्यालो नगरि घोषणा गर्न लागिएको गाउँपालिका वार्डनम्बर ७ का वडाअध्यक्ष धुब्र उप्रेतीले बताउनुभयो । यस आर्थिक बर्षमा मात्रै गाउपालिकाले विद्युत विस्तारका र जहा टोल त्यहा पोल कार्यक्रमका लागि मात्रै १ करोड ६५ लाख रुपैँया बिनियोजन गरेको थियो । यो रकम जिल्लामा कनकाई नगरपालिकापछिको सबैभन्दा धेरै भएको यस क्षेत्रका विद्युत विज्ञ समेत रहनुभएको श्याम ओलीले बताउनुभयो । यसैविच सोमवार झापा गाउँपालिका ७ स्थित मदरगाछ बजारमा नेपाल विद्युत प्राधिकरणले प्रदान गरेको १०० केभिएको ट्रान्समिटरको गाउँपालिका अध्यक्ष जयनारायण शाह र समाजसेवि श्याम ओलीले उद्घाटन गर्नुभयो । ट्रान्समिटर राखेपछि मदरगाछ बजारमा रहेको काष्ठ फर्निचर उद्योग , धान मिल , लगायातका साना कुटिर उद्योग संचालनका लागि मद्धत पुगेको स्थानीय व्यावसायी छत्र पाण्डेले बताउनुभयो । यसअघि कम बिद्युत खपत हुने बेलामा मात्रै उद्योग संचालन गर्दै आएका थियौ अव हामीलाई ट्रान्समिटरले सहयोग गर्ने छ अर्का व्यावसायी बासु दाहालले भन्नुभयो ।
लामो समयपछि गाउँमै ट्रान्समिटर पुगेको भन्दै उपस्थित गाउँलेले गाउँपालिका अध्यक्ष शाह , ओली लगायातका अतिथिलाई फुलमाला र अबिरले स्वागत गरेका थिए ।
तस्बीर ः मदरगाछ बजारमा ट्रान्समिटरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शाह र समाजसेवी ओली 

सम्बन्धित खबर