Kanakai Online

विर्तामोड महोत्सवलाई भव्य र स्तरिय बनाइने


बुधवार, माघ २, २०७५ |

कनकाई अनलाईन
झापाको विर्तामोडमा संचालन हुने अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार महोत्शवलाइ स्तरिय र आकर्षक बनाउन सल्लाहकार हरुले सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले बुधबार बिहान आयोजना गरेको सल्लाहकार सदस्यहरुको वैठकमा सहभागीले यस्तो सुझाव दिएका हुन् ।
विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई को सभापतित्वमा भएको वैठकमा सहभागीहरुले महोत्शव को प्रचार प्रसार लाई तिव्रता दिन जोड दिएका थिए ।
महोत्शव अवधि भर आयोजना स्थल र विर्तामोड बजार क्षेत्रको सर सफाईमा पनि क्रियाशील हुन ध्यानाकर्षण गराएका छन् ।
सल्लाहकार सदस्यहरुले स्थानिय कृषि उपजको स्टल र जाति बिशेसको सास्कृतिक प्रस्तुति राख्न पनि सुझाएका छन् ।
बैठकमा महोत्शव तयारीको प्रगति विवरण आयोजक समितीका संयोजक प्रकाश सिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।
महोत्शवमा रहने २ सय स्टल मध्ये ५० प्रतिशत बुकिङ्ग भैसकेको जानकारी पनि संयोजक शिवाकोटीले दिनुभएको छ ।
माघ ११ गते देखि शुभारम्भ हुने विर्तामोड महोत्शवको उद्घाटन रास्ट्रपति विद्या देवी भण्डारी मार्फत गराउने विषयमा छलफल भैरहेको महोत्शव सुचना केन्द्रका प्रवक्ता संजिव घिमिरेले वताउनु भएको छ ।
सल्लाहकारहरुको वैठकमा समाजसेवीहरु गोपाल कुमार बस्नेत , राजकुमार पोखरेल ,उद्योगि मिन प्रकाश मैनाली ,डिलर एसोसिएसन मेचीका अध्यक्ष राजेन्द्र थापा ,५ नम्बर वडाध्यक्ष राजेन्द्र लिङ्ग्देन , राष्ट्रिय वाणिज्य संघका केन्द्रिय सदस्य भिष्मराज खरेल , नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई ,महासचिव ओम बिमली लगायतले सुझाव दिनु भएको थियो ।
यस्तै सुरेश बंशल ,मदन गोपाल सुब्बा ,उमा शिवाकोटी ,शार्दुल ओली ,कमल खरेल ,शंकर रिजाल समेतले महोत्शव आयोजक समितिलाई आवस्यक सुझाव प्रदान गर्नु भएको थियो ।