कनकाई अनलाईन
चर्चित गायिका अन्जु पन्तले दक्षिणी झापाको एक विद्यालयमा अध्यानरत् १ सय ५५ जना विद्यार्थीलाई आइतवार न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।
झापा गाउँपालिका ३ कामाटोली गैरीगाउँस्थित नमुना प्राथमिक विद्यालयमा अध्यानर्त सबै बालवालिकालाई जाडोको कपडा स्वीटर र २ थान कम्युटर प्रदान गर्नुभएको हो । गायिका पन्तले आफुद्धारा संचालित अन्जु पन्त फाउडेण्शनद्धारा यी सामाग्री प्रदान गर्नुभएको हो । सो अवशरमा गायिका पन्तले उपस्थित वालवालिका र अभिभावकलाई आफ्ना कालजयी गितहरु नर्बिसे तिमीलाई , नपाए तिमिलाई लगायातका गित सुनाउनुभएको थियो ।
शैक्षिक सामाग्री आफुले कमाएको आम्दामीबाट किनेको र अव चाडै आफ्नो फाउण्डेशनद्धारा पर्साको मुसहर बस्तीमा घरवारविहिनलाई ३५ बटा घर निर्माण सुरु गर्ने समेत घोषणा गर्नुभयो । गायिका पन्तको गित सुन्नका लागि टाडाटाडाबाट श्रोताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गायिका पन्तले आफु र आफ्नो फाउण्डेशनलाई इशाई धर्मको प्रचार गर्ने गरेको लाञ्छना समेत लाग्दै आएको भन्दै सहयोग गर्दा पनि अपजशको भारी बोक्नु परेको भन्दै दुःख व्याक्त गर्नुुभयो । यता कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी , विद्यालयका अध्यक्ष जगत पौडेल , स्थानीय समाजसेवी टंक विश्वकर्मा , र्गाैरी राजबंशी , विद्यालयकी प्रअ कमला विश्वकर्मा लगायातले गायिका पन्तको सहयोगले यस सन्थाल बस्तीका वालवालिकाको शैक्षिक उन्नतिमा थप मद्धत मिलेको बताउनुभयो । कार्यक्रममा समाजसेवी श्याम ओलीले स्थानीय एक चर्च र एक मदरसालाई शैक्षिक सामाग्री खरिदका लागि जनही २५ हजारका दरले सहयोग हस्तानतरण गर्नुभयो ।