कनकाई अनलाईन
सुरुङ्गा , कनकाई माध्यमिक विद्यालय नेपालकै २२२ वटा नमुना विद्यालयभित्र पर्न सफल भएर बजेट समेत विनियोजित भएपछि विद्यालयलाई कसरी प्रभावकारी बनाउने भन्ने वारेमा यस क्षेत्रका अभिवाभक र शिक्षासेवि छलफलमा जुटेका छन ।
आइतवार कनकाई माविको आयोजनामा भएको नमुना विद्यालय विकास गुरुयोजना सम्बन्धि आयोजित कार्यक्रमका वक्ताहरुले विद्यालयले आगामी दिनमा भौतिक र शैक्षिक तथा रोजगारी र निर्वाहमुखी शिक्षामा जोड दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य गोपिकृष्ण खनालले विद्यालयले आगामी ५ बर्षभित्र राखेको शैक्षिक आर्थिक र भौतिक लक्ष्यका वारेमा प्रकाश पानुभएको थियो । कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले विद्यालय वि ः स २०१५ मा ९ जना विद्यार्थीबाट जन्मजय अधिकारीको गाइ गोठबाट सुरु भएको विद्यालय आजको मितिमा आएर १९९६ जना विद्यार्थी अध्यानरत रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापा , स्रोत व्याक्ति मेदनी पाठक , विद्यालयका पुर्व अध्यक्षहरु ीतलचन उप्रेती ,खगेश्वर उप्रेती टेकनारायण संग्रौला , विद्यालयका पुर्व प्राचार्य निर्मलकुमार खतिवडा , कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाई , बजार व्यावस्थापन समितिका अध्यक्ष देवि खरेल पत्रकार लीलाराज झापाली लगायातले विद्यालयलाई नमुना बनाउनका लागि आआफ्नो सुझाव राख्नुभएको थियो ।