कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ स्थित दिव्यज्योती वाल क्लवद्धारा निर्माण गरिएको यस बर्षको दैसी भिडियो सामाजिक संजाल युटुभबाट सार्बजनिक गरिएको छ । सरस्वती कला केन्द्रद्धारा निर्माण गरिएको बर्षदिनको शुभ तिहार , चेली माइतीको भेट हुने दुःख पिर सबै भुलेर नाचै गाऔ दिलै खोलेर बोलको गित कनकाई नगरपालिका ३ योगमाया पार्कस्थित उत्तम सेढाईको घरमा छायाङ्गन गरिएको हो । चर्चित गायक राजु अधिकारीको शब्द संगित रहेको छ भने गायन समेत राजु अधिकारी , माधव भेट्वाल , खगेन्द्र सिटौला , पुष्पा प्रणामी र कन्चन सिटौलाको रहेको छ ।
गितको छायाङ्गकन रोषन थापा र निर्मल श्रेष्ठको रहेको छ । प्रस्तुत गितको निर्देशन सरस्वती कला केन्द्र सुरुङ्गाका प्रमुख समेत रहेका समिर रम्तेलको रहेको छ । प्रस्तुत गितमा हिन्दुहरुको महान चाड तिहारमा खेलिने दैउसी र तिहारमा समेत साथीभाइ र माइती चेलीविच भेटभइ मायो प्रगाढ हुने कुरा दर्शाइएको छ । दिव्य ज्योती वाल क्लवले हिन्दु संस्कृतिको जगेर्ना र गित संगितको समेत संरक्षण र प्रवद्धनका लागि देउसी गित छायाङ्गन गरेको क्लवको अध्यक्ष दिवश कार्कीले बताउनुभयो ।
प्रस्तुत देउसी गितमा कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , चर्चित नृत्यकार माधव भेट्वाल , वाल क्लवका अध्यक्ष दिवश कार्की , आस्था ढकाल देखि लिएर वार्ड सदस्य सुष्मा परियार , युवराज चम्लागाई , बजार व्यावस्थापन समितिका अध्यक्ष देवि खरेल , कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल , तेजबहादुर आचार्य , प्रतिमा आचार्य , यज्ञराज कार्की , उत्तम सेढाई , ज्ञानज्योती युवा क्लवका अध्यक्ष नविन सेढाई , यमनाथ सेढाई , प्रकाश सेढाई , उत्सव वास्तोला , प्रतावबाबु जम्मरकट्टेल , नविन राई , जर्नादन उप्रेती लगायातको सिङ्गो टोलवाशीकै अभिनय रहेको छ ।