कनकाई अनलाईन
बिहीबार कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा स्वागत तथा शुभकनमना कार्यक्रम सम्पन्न भएको छ ।
अनेरास्वियु र अखिल ९ क्रान्तिकारी ० बिद्यार्थी संगठन कनकाई क्याम्पसको संयुक्त आयोजनामा नेपालीहरुको महान पर्व वडा दशै तथा शुभ दिपावलिको अवसरमा शुभकामना आदान प्रदान साथै नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत सास्कृतीक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय कलकार माधव भेट्वालले आमादिदी बहिनी हो कतिबस्छौ दासीभई बोलको गितमा धमकेदार नृत्य प्रस्तुत गरेका थिए भने गायिका प्रिस्कीला राईले समधुर स्वरमा दर्शकलाई मन्त्र मुग्ध बनाएकी थिईन ।
त्यसैगरी विनिता चिमरिया , पुजा काफ्ले , उत्सव बास्तोला , कुनाल राजवंशी , दीक्षा आचार्य , दिपेन राजवंशी , अशोक मणी , बन्दना वाग्ले , योगेश दर्जी ,सोना श्रेष्ठ , निसान्त घिमिरे , सरस्वती शाह , निकेश उप्रेती , बविता अधिकारी लगायतले अरुण तरेर नाना तोमर तरेर , दशै आयो जस्ता दर्जनौं गितमा नृत्य गरि मनोरञ्जन गराएका थिए ।
प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एलपी सावाँ , विशेष अतिथि प्रदेश सभा सदस्य द्वय झलक सिहं दर्लामी र हिरा थापा , कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल , क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष प्रकाश चुडाल , दुर्गा धमला , विकास उप्रेती र भक्त शंकरले कक्षा एघार र एमविएसमा नव आगन्तुक बिद्यार्थीलाई अविर र खादाले स्वागत गर्दै उज्ज्वल भविस्य को शुभकामना सहितको मन्तब्य राखेका थिए ।
कार्यक्रममा मनोज ताम्ली , श्यामसुन्दर ओली , चम्फा सुवेदी , राजकुमार कट्टेल , अनिल सुवेदी , सुदिप भण्डारी , श्रवण कुमार चौधरी , जनार्जन उप्रेती , दिनेश तिम्सिना मौसम श्रेष्ठ लगायतको गरिमामय उपस्थिति रहेको थियोे ।
अनेरास्ववियु र अखिल ९ क्रान्तिकारी ० का इकाई अध्यक्ष द्वय गोपी चापागाई र गंगा बस्नेत को अध्यक्षतामा भएको अौपचारिक कार्यक्रमको संचालन रविन गुप्ताले र स्वागत जिना साप्कोटाले गरेकी थिईन भने सास्कृतिक कार्यक्रम अनुप भण्डारी र रोजीना प्रसाइको संचालनमा भएको थियोे ।